eGlobalTimes

समाचार

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ । हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । रुखले च्यापिएर ज्यान गुमाउनेहरूमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।…
Read More
२०८२ सालको भित्तेपात्रो विमोचन: ७ सय भन्दा धेरैको उपस्थिति सभाहल खचाखच

२०८२ सालको भित्तेपात्रो विमोचन: ७ सय भन्दा धेरैको उपस्थिति सभाहल खचाखच

वैशाख २० गुल्मी, नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा नयाँ वर्ष २०८२ सालको भित्तेपत्रो (क्यालेन्डर) विविध साँस्कृतिक एबम् सहयोगी सम्मान कार्यक्रम भव्य रूपमा विमोचन गरी सम्मपन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाको ७ वटै वडा बाटा आ-आफ्नो साँस्कृतिक झाँकी सहित कार्यक्रम भैरहेको सभाहल तर्फ प्रवेश गरेको थिए ।  नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका कार्य समितिले पहिलो पटक वार्षिक कार्य तालिका सहितको भित्तेपत्रो (क्यालेन्डर) प्रकाशन गरेको भन्दै उक्त कार्यक्रमलाई ऐतीहासिक भएको स्वगत मन्तव्यका क्रममा मगर संघ कालीगण्डकीका उपाध्यक्ष समेत रहेका ई. ओम बहादुर थापाले भने ।
Read More
बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रेपलाञ्चोक,  वैशाख  ३० गते । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उहाँले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७…
Read More
लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ र यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी भएका छन् र विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। लुम्बिनी विकास कोषले यस समारोहका लागि एक करोड रुपैयाँ खर्च गरेको छ र शोभा यात्रा समेत निकालिएको थियो। २९ वैशाख, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका…
Read More
एन्फा साधारणसभा : भित्र उदघाटन, बाहिर लफडा

एन्फा साधारणसभा : भित्र उदघाटन, बाहिर लफडा

कडा सुरक्षा घेराका बीच एन्फाको साधारण सभा सुरु भएको छ । २६ वैशाख, धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ । तर धुलिखेल नगरपालिकाको हलभित्र साधारण सभाको उदघाटन समारोह आयोजना गरिएको थियो । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरेपछि संक्षिप्त रुपमा उदघाटन समारोह सम्पन्न गरिएको छ । अब बन्दसत्र सुरु हुँदै छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वको टोली साधारण सभा स्थलमा परिचालन गरिएको थियो । थापा र…
Read More
‘मिस वर्ल्डमार्फत पञ्च प्रणालीको भाष्य विश्वले सुनोस् भन्ने चाहन्छु’

‘मिस वर्ल्डमार्फत पञ्च प्रणालीको भाष्य विश्वले सुनोस् भन्ने चाहन्छु’

काठमाडौं । ७ देखि ३१ मेसम्म भारतको तेलांगनास्थित हैदराबादमा हुन लागेको ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । जलवायु अभियन्ता समेत रहेकी २५ वर्षिय सृच्छा मिस वर्ल्डको फिनालेलाई लिएर उत्साहित छिन् । मिस नेपालको ताज जितेको २ वर्षपछि अन्ततः उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताको मौका पाइन् । भारत प्रस्थान गर्नुअघि अनलाइनखबरको स्टुडियोमा सृच्छा उत्साहित सुनिइन् । शारिरीक र मानसिक तयारीबारे कुरा गरिन् । मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’मा उनले ‘पञ्च प्रणाली’को अवधारणा प्रस्तुत गर्दैछिन् । सभ्यताको उत्पतिसँग जोडिएको यो वातावरणीय र आध्यात्मिक अवधारणाको मूल्यलाई उनले ‘पञ्च प्रणाली’को रुपमा ब्याख्या गरेकी…
Read More
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

२१ वैशाख, काठमाडौं । वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । सडकमा गाडि नै चिप्लिने भएकाले यो सडक भएर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.